एकतर्फी खुल्यो अवरुद्ध बिपी राजमार्ग

धुलिखेल  – सुख्खा पहिरोबाट अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी खुलेको छ ।

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

पहिरोमा परि खोटाङबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको थियो भने सिन्धुली खुरकोटबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्‍याएको थियो ।

असोज ११ र १२ गतेको अबिरल वर्षापछि रोशी खोलामा आएको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएर अवरुद्ध भएको थियो । सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.