इजरायली सैन्य आधार शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण

उत्तरी इजरायलमा सेनाको आधार शिविरलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार इजरायली सैनिक मारिएका छन् ।

इजरायली रक्षा सेनाका अनुसार घटनामा अन्य ६० जना भन्दा बढी घाइते भएका छन् ।

दक्षिणी आइफा शहरबाट ३३ किलोमिटरको दुरीमा रहेको सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गरिएको हो । आक्रमणमा परी घाइते भएका मध्ये ७ इजरायली सैनिकको अवस्था गम्भीर रहेको बताइएको छ ।

आक्रमणको जिम्मेवारी सशष्त्र समूह हिजबुल्लाहले लिएको छ । सो समूहले तेल अबिभ र हाइफाको बीचमा रहेको इजरायली रक्षा सेनाको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरी आक्रमण गरेको हो ।

इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा बिहीबार गरेको आक्रमण प्रतिउत्तरमा सैन्य आधार शिविरमा आक्रमण गरिएको हिजबुल्लाहको संचार कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.