जनचेतना जागृत गर्दै नेपाल र भारतका सर्प उद्धार कर्मीहरू

पश्चिम नवलपरासी-  अति विषालु र दुर्लभ रूपमा देखा पर्ने किङ कोब्रा सर्प पश्चिम नवलपरासीमा देखा पर्ने थालेपछि स्थानीय नागरिकहरूलाई जनचेतना जागृत गर्ने काम गरिएको छ  ।

केहिदिन अघि बर्दघाट नगरपालिकाका सर्प उद्धार कर्मी दुर्गा लामिछानेले सुनिता पौडेलको गोठबाट किङ कोब्रा सर्प उद्धार गरेको खबर पाएसगै भारत यूपिको जोनपुरबाट आएका सर्प उद्धार कर्ता मुरलीवाला हौषलाले बर्दघाट नगरको विभिन्न स्थानमा किङ कोब्रा देखाउँदै जनचेतना जागृत गर्ने काम गरेका छन् ।

जनचेतना जागृत गर्ने कार्यमा बारा जितपुरका सर्प उद्धारकर्ता दीपक नेपाल र पश्चिम नवलपरासीका दुर्गा लामिछाने पनि साथमा रहेका छन् ।

सामान्यतया गोमन र करेत सर्प ठाउँ“–ठाउँ“मा भेटिए पनि रुसेल्स भाइपर , किङ कोब्रा र कोरला स्नेक जातको सर्प अति विषालु हुने र दुर्लभ रूपमा देखा पर्ने सर्प उद्धार कर्मी  दीपक नेपालको भनाई रहेको छ।

बर्दघाट नगर क्षेत्रमा मात्र  गएको तिन महिनामा १ सय २९ वटा विभिन्न जातका सर्पहरू समातेका दुर्गा लामिछानेले ६ वटा रुसेल्स भाइपर र २ वटा किङ कोब्रा समाति सकेका छन् ।

पूर्वपश्चिम राजमार्ग निमार्णको काम भैरहदा भाईव्रेसनका कारणले जमिन मुनिका सर्पहरू बाहिर बढी आएको हुन सक्ने अनुमान सहित नगरवासीहरूको सुरक्षाका लागि बर्दघाट नगरपालिकाले सवारी चालक दुर्गा लामिछानेलाई सर्प उद्धार कर्मीका रूपमा विपत् व्यवस्थापनमा खटाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.