सवारी दुर्घटना गराई भाग्ने चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ –  सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । निजका साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पु¥याई फरार भएका प्रहरीले जनाएको छ । निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.