बडिमालिका प्रकृतिको अनुपम उपहार र ठूलो तीर्थस्थल- राष्ट्रपति

बाजुरा- राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्‌घाटन गर्नु भएको छ ।

भवन उद्‌घाटन गर्दै राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम उपहार देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताउनुभयो ।

उहाँले बाजुरालीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.