नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ – टी-२० सिरिजअन्तर्गत नेपालले अमेरिकासामु १६५ रनको लक्ष्य दिएको छ ।

डालसको ग्रान्ड पिएरी रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन, दिपेन्द्र सिंह ऐरीले २८ रन, अनिल शाह र आशिफ शेखले २७/२७ रनको योगदान दिँदा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन जोडे ।

बलिङतर्फ अमेरिकाका हरमित सिंह, जसदीप सिंह र शौरभ नेत्रभाल्करले २-२ विकेट लिए भने अलि खान र नोस्थुस केन्जिगेले १-१ विकेट लिए ।

आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो ।

टि-२० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग-२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.