बिस्थापितहरुको दशैँ टहरामा
धादिङ- २०७७ श्रावण ५ गते परेको अविरल वर्षाका कारण जमिन भासिएपछि आफ्नो थलो छाडेका गजुरी गाउँपालिका बाह्र बिसेका स्थानीयहरुले यस वर्षको दशैँ टहरामा नै मनाएका छन ।
गाउँपालिकाले विस्थापितहरुका लागि स्थाई बसोवासको ब्यवस्था गर्ने भनेको भएपनि अहिलेसम्म कुनै प्रकृया अगाडि नबढेपछि उनिहरु टहरामा नै यस वर्षको दशै मनाउने बाध्यतामा परेका हुन् ।
पृथ्वी राजमार्गभन्दा माथि बर्षौँदेखि उत्खनन् गरेको ढुङ्ग खानीका कारण गजुरी गाउँपालिकास्थित चामबासका करिव चालिस घर धुरी पहिरोको जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएका हुन् ।
२०७२ सालको भुकम्पले जमिन चिरिएको र यस वर्ष परेको अविरल वर्षाले गर्दा जमिन भासिँदै गएपछि घरहरु समेत बस्नै नमिल्ने गरी चर्किएर भासिएको थियो ।
अस्थाई टहरा र त्रिपाल मुनि कष्टप्रद तरिकाले बस्नुपर्दा निकै समस्या भएको विस्थापितहरु बताउँछन।
एकातिर महान पर्व बडा दशैँले अर्कोतिर त्रिपाल र टहराको बसाइले आफ्नो दैनिकी कष्टप्रद बनेको भन्दै बालवालिका र बृद्धबुद्धाहरुलाई त झनै समस्या भएको उनीहरुको भनाइ छ ।
बाह्रबिसे गाउँमा जमिन एकदेखि दुई मिटरसम्म भासिएर घरहरु चिरा चिरा परेपछि त्यहाँका १६ घर परिवार गाँउ नजिकैको अरुकै जमिनमा त्रिपाल र अस्थाई टहरामा बस्दै आएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्