राजनीतिक अस्थिरता विकास निर्माणको बाधक : पूर्व प्रधानमन्त्री नेपाल  

कञ्चनपुर –  पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादका अध्यक्ष माधव कुमार नेपालले मौसमको परिवर्तन जस्तै नेपालको राजनीतिमा परिवर्तन भइरहेको बताउनु भएको छ  ।

राजनीतिक अस्थिरताका जागरण विकास निर्माण कार्य बिथोलिएको उहाँको भनाइ रहेको थियो । दोस्रो राष्ट्रिय रयापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिप २०८१ को उद्धाटन गर्दै नेता नेपालले देशमा विकास गर्ने हो भने राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।यसका लागि चेसमा बुद्धि लगाएजस्तै सबैले बुद्धि लगाउनु पर्ने  उहाँको भनाइ रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पर्यटन  र धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै प्रचार प्रसार र प्रवर्द्धन गर्न अवयस्क रहेको उहाँको भनाइ रहेको छ । टावर बनाउने काममा र अनुत्पादक क्षेत्रमा राज्यको पैसा खर्च भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले समाज र जनतालाई फाइदा हुने क्षेत्रमा पैसा खर्च गर्नु पर्ने र दिगो विकासमा जोड दिनुपर्ने बताउनु भएको छ ।

आफ्नो प्रधानमन्त्री कालमा सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास गर्न आफूले प्रयास गरेको उहाँको भनाइ रहेको छ ।यी सबै कार्यका लागि बौद्धिकता र बुद्धि  आवश्यक पर्ने भन्दै बुद्धिचाल प्रतियोगिताले नयाँ सन्देश दिने उहाँको भनाइ रहेको छ ।

खेलकुदले स्वस्थ रहनका साथै यसको माध्यम बाट देश विदेशमा चिनाउन सहयोग हुने उहाँको भनाइ रहेको छ ।काठमाडौँ स्पोर्ट्स एकेडमी , नेपाल बुद्धिचाल महासङ्ग को आयोजना र बेद्कोट नगरपालिका वार्ड न ८ को सह आयोजनामा बेदकोट नगरपालिका ८ गैलनदिमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा नृत्य सँगै राना थारुको सखिया नाच प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.