गुल्मी प्रहरीद्वारा ८ सय लिटर अबैध घरेलु मदिरा नष्ट

गुल्मी- जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले ठूलो परिणाममा अबैध मदिरा तथा कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ ।

प्रहरीले रेसुङा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६ सय ५५ लिटर, तयारी मदिरा १ सय ६२ लिटर र मर्चा छ किलो बरामद गरेको थियो ।

अबैध घरेलु मदिरा उत्पादन गरेर बिक्रीवितरण गरेको स्थानीयको गुनासोको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राम कुमार केसीले बताउनुभयो ।

उहाँले मदिराले शारीरिक तथा मानसिक रुपमा र समाजमा समेत ठूलो असर पर्ने भएकाले स्थानीयकै गुनासोको आधारमा मदिरा नियन्त्रण गरिएको बताउनुभयो ।

बरामद गरिएको मदिरा र कच्चा पदार्थलाई सरोकारवालाको उपस्थितिमा रेसुङा नगरपालिका-७ को डम्पिङ साइडमा ब्याबस्थापन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान सञ्चालन गर्ने जनाएको छ ।

मदिराले झै–झगडा लगायत अन्य विभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रणमा चासो देखाउदै आएको छ ।

घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मुख्य गरि मदिराको कारण बन्ने गरेकाले पनि अबैध मदिरालाई प्रहरीले नियन्त्रण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.