गाजामा द्वन्द्वको तुरुन्तै अन्त्य हुनुपर्छ सराष्ट्रसङ्घ

न्यूयोर्क-  मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्का विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

गैर–लडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताउनुभयो ।

प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गर्नुभयो ।

वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे उल्लेख गर्नुभयो ।

बेत लाहियामा रातभरिमा कम्तिमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनासकारी आक्रमणका कारण धेरै जना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ ।

पछिल्लो समयमा ‘गाजामा विनासकारी द्वन्द्व तीव्र हुँदै गइरहेको जनाउदै उहाँले द्वन्द्व, निरन्तर इजरायली हमला र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी गाजापट्टीमा डरलाग्दो अवस्था देखा परेकाले गाजामा कतै पनि सुरक्षित नभएको बताउनुभएको छ ।

यस्तो अवस्थामा अगाडि बढ्न साहस, राजनीतिक इच्छाशक्ति र नयाँ तथा प्रवावकारी समन्वय र संवाद चाहिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.