नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्षका रूपमा मनाउनुपर्ने बताउनु भयो । उहाँले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपस्थित सम्पूर्ण महानुभावहरूलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई र नेपालमा मात्र नभई विदेशमा बस्नेहरूलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’

उहाँले सबै मिलेर नेपाल संवत् ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.