रात्रीबसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु

झापा- काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १-०१-००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्री बसले इ-साइकल यात्रीलाई ठक्कर दिँदा बुधबार अपरान्ह दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केर्खा बजारमा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. ३ सानो केर्खाको ६० बर्षीय टेकबहादुर लिम्बु र उहाँको नातिनी ११ बर्षीय कृपा लिम्बु रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

दुघर्टना पछि आक्रोसित बनेको भीडले यातायत बन्द गराएका छन् । यस्तै सडक नजिक रहेको ट्राफिक प्रहरीको बीट समेत लडाएर आगजनी गरेका छन् ।

मृतक हजुरबुबाले नातिनीका लागि जन्मदिन मनाउन केक र मासु लिएर फर्कँदै गर्दा दुघर्टना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.