रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

कास्की- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा छानबिनको क्रममा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएको छ ।

सोही प्रकरणमा छनविनका लागि हिरासतमा रहनु भएका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशी दुवैलाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.