जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक: वन मन्त्री ठकुरी

काठमाडौँ – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय स्तरमा जलवायु सङ्कटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाणहरू नेपालसँग रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण खानेपानीको श्रोतहरू सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय स्तरमा जलवायु सङ्कटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक छ । जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाणहरू छन् । जस्तै खानेपानीको श्रोतहरू सुकिरहेको अवस्था छ । कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ । बाढी, पहिरो लगायतका जलवायुजन्य विपत्तिहरूले निरन्तर पुर्‍याइरहेको क्षतिका बारेमा विभिन्न जिल्लाहरूबाट आउनुभएका जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीहरूलाई थाहा नै छ ।’

मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको श्रोत, पर्यटन र स्वास्थ्य लगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरू देखिएको बताउनु भयो । जलवायु परिवर्तनबाट परेका असरहरूको समाधानका लागि एकीकृत भई सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.