जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । देव चुली नगरपालिका २ दुम्कौलीमा धनमाया राजवंशीले जङ्गलबाट ल्याएको च्याउ खाँदा परिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी हुनेहरूमा धनमाया सहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् । च्याउको तरकारी खाएका उनीहरूमा एक्कासि पेट दुख्ने, बान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.