थपिए २८५६ नयाँ संक्रमित, उपत्यकामा मात्रै १५३५ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २८५६ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२३११ जनाको पीसीआर परीक्षण गर्दा २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १५३५ जना संक्रमित भएका छन् । काठमाडौंमा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका छन् र
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३३६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७०.६ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १११६७० रहेको छ ।

कोरोनाबाट थप ५ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।






प्रतिक्रिया राख्नुहोस्