पहिलो हाफको खेलसम्म नेपाल र भारत गोलरहित बराबरीमा

काठमाडौँ- काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्न नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफको खेल सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन ।

घरेलु मैदानमा नेपाली टिमलाई दर्शकहरुको राम्रो साथ छ ।

रंगशाला यतिखेर दर्शकहरुले खचाखच भरिएका छन ।

भारतले हालसम्म पाँचपटक साफ च्याम्पियनशिपको उपाधि जितेको छ भने नेपाल पाँचैपटक फाइनलमा पुगेर पराजित भएको छ ।

यसअघि सन् २०२२ मा काठमाडौँमा भएको प्रतियोगिताको फाइनल खेलमा  बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।

यस्तै, आजै भएको अर्को खेलमा तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् ।

भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् । दक्षिण एशियाका अफगानिस्तानबाहेक ७ मुलुक सहभागी प्रतियोगिताको समूह एमा बंग्लादेश, भारत र पाकिस्तान रहेका थिए भने समुह बीमा नेपालका साथै भुटान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.