नेपालले गरेको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

काठमाडौँ- नेपाल र भारतबीच भइरहेको साफ महिला फुटबलको सेमिफाइनल खेलमा पटक पटक बिवाद भएको छ।

विवाद भएपछि खेल नै पटक पटक अबरुद्ध भएको छ ।

नेपाली खेलाडी रेखा पौडेललाई दोश्रो पहेँलो कार्ड दिएपछि खेलमा विवाद शुरु भएको हो ।

१० खेलाडीमा सिमित भएको नेपालमाथि केहीबेरमै भारतले १ गोल गरेको थियो । त्यस लगत्तै रेफ्रीले सिठ्ठी बजाएपछि नेपालले १ गोल गरेको थियो । तर सो गोलले मान्यता नपाएपछि दर्शकहरुले पुन पानीको बोत्तल रंगशालामा फालेका थिए । त्यसपछि रंगशालामा तनाव भएको हो ।

अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि खेल सुचारु भएको छैन ।

रेफ्रीहरुमाथि लगातार परेको दबावले खेल शुरु हुन नसकेको हो ।

नेपालको तर्फबाट सो गोलले मान्यता पाउनुपर्ने दावी अफिसियलहरुले पनि गरिरहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.