धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधारणको भिड
काठमाडौँ – टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्ने सर्वसाधारणको भीड लागेको छ ।
राष्ट्र बैङ्कको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो । धनतेरसको दिन धातु,सुनका गरगहना,भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ ।
त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ । त्यसैले टकसार विभाग सुनको असर्फी किन्ने मानिसहरूको भीड बिहानदेखि लागेको हो । असर्फी किन्नको लागि बिहान ६ बजेदेखि लाइन लागेको थियो । राष्ट्र बैङ्कले २.५ ग्राम तौलको सुनको सिक्का विक्री गरिरहेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ ।
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउने जनाएको छ । त्यस्तै राष्ट्र बैङ्कले चाँदीको सिक्का पनि गत आईतवार देखि विक्री खुला गरेको थियो ।
टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित चाँदीको सिक्का विक्री गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्