टिकाको आज दोश्रो दिन, मान्यजनबाट टिका, जमरा र आशिर्वाद लिने क्रम जारी

 काठमाडौं-आश्विन शुक्लपक्ष टिकाको आज दोश्रो दिन । आजको दिनलाई पापाङकुशा र बोलीचालीमा गिद्धे एकादशी पनि भन्ने गरिन्छ ।

आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ ।

कोरोना महाकारीका कारण विगत बर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभएपनि  मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल सामान्य देखिएको छ ।

महामारीका कारण तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी परम्परा मान्नु पर्ने बाध्यता आम नागरिकको छ ।

बिजय दशमीका दिन हिजो नागरिकहरुले सामान्य जमघट गरी टिका लगाए ।  बिजय दशमीको दिनदेखि शुरु भएको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.