जुवा खालबाट जनप्रतिनिधि सहित पाँच जना पक्राउ
नुवाकोट –प्रहरीले नुवाकोटको ठुलोगाँउवाट कौडा र नगदसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरीले लाखौँ रुपैयाँ बरामद गरेको छ भने पक्राउ परेकाहरूलाई हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट वाट प्रहरी निरीक्षक दीपक घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले विदुर नगरपालिका ५ ठुलोगाँउस्थित एक घर वाट कौडा सहित एक जना जनप्रतिनिधिसहित पांच जना पुरुषलाई पक्राउ गरेको हो ।
नगद हारजित हुने गरी कौडा खेलिरहेको जानकारी आएपछि घरमा छापा मारेर प्रहरी टोलीले ९७ हजार पाँचसय रुपैयाँसहित नुवाकोटकै पाँच जना युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेकाहरूबाट प्रहरीले नगद बरामद गरेको जनाएको छ ।
उक्त स्थान वाट प्रहरीले विदुर ५ का वडा सदस्य होमबहादुर कुमालसहित पाँच जनालाई नगद र काौडासहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार प्रहरीले कानुनले प्रतिबन्धित गरेका जुवा तास तथा कौडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।
आरोपितहरुविरुद्ध म्याद थप गरेर मुद्दा अघि बढाउने प्रहरीको तयारी छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी महल अनुसार कारबाही गरिने जनाइएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । चाडपर्वका समयमा लुकिछिपी जुवा तास खेलाउने क्रम बढिरहेको प्रहरीमा उजुरी आइरहेको नुवाकोट प्रहरीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्