रास्वपाका सभापति लामिछानेलाई तेश्रो पटक जिल्ला अदालत कास्कीमा पेश

रास्वपाका समर्थकहरूबाट आज पनि पोखरामा प्रदर्शन

काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

लामिछाने सहित सहित चार जनालाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकरणमा पक्राउ गरिएका लामिछाने, छविलाल जोशी, लिला पछाईं रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।

लामिछानेलाई गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ गरिएको थियो । यसैबीच रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका समर्थकहरूले आज पनि पोखरामा प्रदर्शन गरेका छन् ।

पोखराको जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.