दशैंमा देखिएन चहलपहल

आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ ।

तर विगतका बर्षहरुमा झै यस वर्ष दशैंमा त्यति उत्साह र चहलपहल भने देखिएन । मान्यजनहरुबाट टीका थाप्न जानेहरु यो वर्ष निकै कम देखिएको छ । कोरोना भाइरसका कारण यस पटकको दशैं घरभित्रै सीमित भएको छ । मान्यजनहरुबाट टीका थाप्ने र आशिर्वाद लिने क्रममा पनि विशेष स्वस्थ्य सावधानी अपनाउने गरिएको छ ।

विजया दशमीको दोस्रो दिन हिजो राजधानीमा आफ्ना मान्यजन तथा आफन्तहरुबाट टीका लगाउन जानेहरुको खासै चहलपहल देखिएन । विगतमा टीकाको दोस्रो दिन टिका लगाउन हिड्नेहरुको भिडभाड हुने राजधानीका सडकहरुमा यो वर्ष भने त्यति चहलपहल थिएन । टीका लगाउनेहरुको आवतजावत कम भएस‌ँगै सार्वजिक यातायातका साधन पनि कमै गुडेका थिए । विजया दशमीको दिनदेखि सुरु भएको दशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.