पर्वतको जलजलामा “एक घर एक पीसीआर” परिक्षण अभियान शुरु

पर्वत-पर्वतको जलजला गाउँपालिकामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि समुदायस्तरमा परिक्षणलाई व्यापक बनाइने भएको छ ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान सुरू गरेको हो ।

गाउँपालिकाले कार्तिक ११ गते मंगलबार बाट यो अभियान सञ्चालन गरेको छ ।

‘आजैबाट अभियानको शुरुवात गरेका छौँ’ गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले भन्नुभयो ‘पीसीआर परिक्षणका लागि पहिलो चरणमा लक्षण देखिएका व्यक्तिहरु सम्पर्कमा आएका छन्’ अध्यक्ष मल्लले बताउनुभयो ।

जलजला गाउँपालिका अन्तर्गतका करिव ५ हजार ७७ सय परिवारका सदस्यलाई परिक्षण गर्ने अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

कोभिड १९ को संक्रमणलाई सामान्य रुपमा लिन नहुने भन्दै सतर्कता अप्नाउन यसअघि पनि सु-सुचित गरिएको बताउँदै अध्यक्ष मल्लले परिक्षण अभियानलाई गाउँपालिकाको तल्लो तहदेखि माथिल्लो तहसम्म पुर्‍याउने योजना रहेको बताउनुभयो ।

आफु पनि कोभिड १९ बाट संक्रमित भई कोरोना मुक्त हुनुभएका मल्लले सर्वसााधारणको घरदैलोमै पुग्ने गरी परिक्षणकार्य अघि बढाउने बताउनुभयो ।

हरेक घरमा एक जनाको स्वाब संकलन गरिएपनि कोरोना संक्रमितको परिवारका भने सबैको स्वाब संकलन गरिनेछ ।

यसअघि गाउँपालिकाबाट करिब ५ सय जनाको पीसीआर समेत गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.