नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल आज

काठमाडौँ- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।
नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो । नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ ।
उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो ।
इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो । त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टायो । नेपाल सामु आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.