राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ ।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।
उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
Warm Congratulations, President-elect @realDonaldTrump on your historic win! Wishing you all success for your second term as the President of the USA! I am confident that Nepal-US relations will further be strengthened during your tenure.
— President of Nepal (@OOP_Nepal) November 6, 2024
प्रतिक्रिया राख्नुहोस्