सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन
मनाङ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ ।
सञ्चार मन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको हो ।
सो अवसरमा उहाँले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको राय सुझाव लिनुभएको थियो ।
यसै गरी जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि सञ्चार मन्त्री गुरुङले बेँसी सहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।”
प्रतिक्रिया राख्नुहोस्