महामारीमा पनि नरोकिएको ऐतिहासिक “खड्ग जात्रा”

दोलखा-हरेक वर्ष मनाइने दोलखाको प्रसिद्ध परम्परागत खड्ग जात्रा यसवर्ष पनि धुमधामका साथ मनाइएको छ ।

कोरोनाको कारण अन्य जात्राहरु रोकिएपनि परम्परागत रुपमा मनाइने यस जात्रालाई रोक्न नमिल्ने निर्णय भएपछि स्वास्थ्य सावधानी अपनाउँदै जात्रा निकालिएको वडा अध्यक्ष विराज श्रेष्ठले बताउनुभयो ।

ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको दोलखा शहरमा मनाइने खड्ग जात्रा विजया दशमीको भोलिपल्ट बिहानदेखि बेलुकासम्म मनाइने प्रचलन रहिआएको छ ।

जात्रामा परम्परा अनुसार सेतौ दौरा, सेतो जामा र सेतो फेटा गुथेको पहिरनमा जमराको माला लगाई स्थानीय कुशुले एवं बृद्ध उमेरका व्यक्तिले तलमाथि खड्ग नचाउँदै युद्धमा होमिएको अभिनय गरेको हेर्नेको भिड थियो ।

किंवदन्ती अनुसार दानवले देवदेवी तथा मनुष्यलाई विभिन्न प्रकारका दुख दिन थालेपछि देवदेवीको गोप्य बैठकबाट महिषासुरसँग युद्ध गर्ने निष्कर्ष निकाल्छन ।साइत जुराई युद्ध आराम्भ गर्ने अघिल्लो दिन बाजागाजासहित पुजा सामाग्री लिएर युद्धको सहायताका लागि कालिञ्चोक भगवती पुग्छन ।

कालिञ्चोक भगवतीबाट आश्वासन प्राप्त गरी फर्केपछि देवदेवीले दोलखा शहरको राइती भन्ने ठाउको तीनधारा अगाडि यज्ञको आरम्भ गर्छन । यज्ञ सुरु भइरहेको सो ठाउँमा दानव आई यज्ञ मण्डपलाई कुल्ची ध्वस्त गरेपछि युद्धको सुरुवात भएको विश्वास गरिन्छ ।

त्यसैको सम्झना स्वरुप खड्ग जात्रालाई निरन्तरता दिइएको भनाइ छ । खडगजात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरासुन्दरी र राजकुलेश्वरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी टिका लगाइदिने प्रचलन छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.