सहकारीको रकम अपचलन प्रकरणमा संलग्न छैन-धनराज गुरुङ

पूर्व श्रीमती ज्योति गुरुङलाई झिकाएर अनुसन्धान गर्न  माग

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नभएको स्पष्टीकरण दिनु भएको छ।

मंगलबार एक  विज्ञप्ति जारी गर्दै उपसभापति गुरुङले  सहकारी प्रकरणमा आफू दोषी नभएको स्पष्ट पार्नु भएको हो ।

‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जागिरमा लगाउनु नै मेरा लागि आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु, विज्ञप्तिमा गुरुङ्गले लेख्नु भएको छ ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उहाँले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताउनुहुँदै आफू सहकारी ठग नभएको र बेथितिका विरुद्ध लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

उपसभापति गुरुङ्गले  पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न  माग गर्नु भएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.