रुपन्देहीमा बयान सकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई फेरि कास्की लगियो

रूपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्की लगिएको छ ।
बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज कास्की लगिएको हाे।
बिहान पाैने ८ बजे नै कास्की लगिने तयारी भएपनि माैसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पाैने २ बजेमात्र पोखरातर्फ विमानबाट लगिएको रूपन्देही प्रहरीले जनाएको छ।
गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.