काँग्रेस-एमाले गठबन्धन टुट्दैन-सभापति देउवा
डडेल्धुरा- नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन नटुट्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको परिस्थितिलाई आँकलन गरेर गठबन्धन भएकाले अहिलेकै गठबन्धनले २०८४ को निर्वाचन गराउने उल्लेख गर्नुभयो ।
एक सातादेखि आफ्नो गृह जिल्ला डडेल्धुरामा रहनुभएका देउवाले काँग्रेस-एमालेको गठबन्धन सरकारले मात्रै स्थायित्व दिने सक्ने भएकाले ठुला दुई दल मिलेको प्रस्ट्याउनुभयो ।
दुई दलका बिचमा सरकार गठन गर्दा भएको सहमति अनुसार देशलाई आवश्यक पर्ने गरी संबिधान शंसोधन गर्ने समेत सभापति देउवालेको भनाइ थियो।
संबिधान संशोधन सहमतिमै गर्ने समेत देउवाले दोहोर्याउनुभयो ।
सहकारीबाट पीडितहरूको बचत रकम तत्काल फिर्ता गराउन पहल गर्ने पनि उहाँले बताउनुभयो ।
एक सातादेखि गृह जिल्लामा रहनुभएका सभापति देउवा कार्यकर्ता भेटघाटदेखि धार्मिक कार्यमा ब्यस्त हुनुहुन्छ ।।
प्रतिक्रिया राख्नुहोस्