उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेद्वारहरुको मनोनयन जारी

काठमाडौँ- आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने क्रम जारी छ ।

यसैक्रममा काठमाण्डौको किर्तिपुर नगरपालिकामा नेकपा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन भइ रहेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

किर्तिपुरमा नेपाली काँग्रेसका उमेद्वारले भने ३ बजे मात्र मनोनयन दर्ता गराउने नेपाली काँग्रेस किर्तिपुरले जनाएको छ ।

उम्मेदवारी दर्ता सकिएपछि आज नै ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उपनिर्वाचनका लागि हिजो ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापना भएका छन् ।

उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.