रास्वपा सभापति लामिछाने र पूर्व डिआईजी जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतद्वारा पक्राउ पूर्जी जारी

काठमाडौँ- रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संंस्थाको रकम अपचलन सम्बन्धि उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति मागेको थियो ।

प्रहरीले आजै पक्राउ अनुमति माग गरेको थियो । अदालतले पनि आजै पक्राउ अनुमति दिएको जिल्ला अदालतका एकजना अधिकारीले जानकारी दिए ।

यसैगरी, लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशीलाई पनि जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।

लामिछाने र जोशी दुबै जना अहिले सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा छन ।

कास्कीमा रहँदा नै दुबै जनालाई रुपन्देही जिल्ला अदालतले पनि सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान  गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.