जिल्लाको मुख्य सडक र बजार क्षेत्रमा सिसिटिभीबाट निगरानी गरिने
नवलपुर- पूर्वी नवलपरासीमा शान्ति सुरक्षा र दुर्घटना न्यूनीकरणको जिल्लाको मुख्य सडक र बजार क्षेत्रमा सिसिटिभीबाट निगरानी गरिने भएको छ । त्यसका लागि पूर्व पश्चिम राजमार्गको मुख्य बजार तथा भित्री सडकमा अत्याधुनिक सिसिटिभी जडान गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा बसेको स्थानीय तह , सुरक्षा निकाय र सडक विभाग , यातायात व्यवसायी र सरोकारवालाहरूको बैठकले जिल्लाको गैँडाकोट नारायणी किनार देखि दाउन्ने सम्म पूर्व पश्चिम राजमार्ग र पहाडी भेग गरेर १७ वटा क्यामेरा जडान गर्ने निर्णय गरेको हो । मध्य विन्दु नगरपालिकामा ४ ,कावासोती नगरपालिकामा ७ , देव चुली नगरपालिकामा ५ , गैँडाकोट नगरपालिकामा ४ , विनयी त्रिवेणी गाउँपालिकामा २ , , बौदीकाली गाउँपालिकामा ३ , बुलिङ्गटार गाउँपालिकामा २ वटा सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।
क्यामेरा जडानको लागि स्थानीय तह र विभिन्न सङ्घसंस्थाले प्रतिबद्धता जनाएको र क्यामेराको निगरानी सम्बन्धित स्थानमा रहेका प्रहरी कार्यालय मार्फत गरिने छ ।
मुख्य सडक र बजारमा सिसिटिभी क्यामेरा नहुँदा घटना घटेपछि अनुसन्धान , दोषी पहिचान र घटनाको कारण पत्ता लगाउन सहयोग हुने र आपराधिक घटना पनि कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्