स्थानीय तह उपनिर्वाचनका लागि आजबाट प्रचार प्रसार शुरु

काठमाडौँ – आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरुले आजबाट प्रचार प्रसार शुरु भएको छ ।

निर्वाचनमा उम्मेदवारी दिएका स्वतन्त्र र दलका उम्मेदवारहरुलाइ चुनाउ चिन्ह दिएपछि निर्वाचन आयोगले आजबाट प्रचार प्रसारको अनुमती दिएको हो ।

निर्वाचन आयोगले हिजो उम्मेदवारी फिर्ता लिएका ३१ जना र निर्विरोध निर्वाचित भएका ३ जना बाहेक अन्य उम्मेदवारहरुलाइ दलगत र स्वतन्त्र रुपमा निर्वाचन चिन्ह प्रदान गरेपछि प्रचार प्रसार शुरु भएको हो ।

निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई हिजो सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

निर्वाचन कार्यक्रमअनुसार आजदेखि १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् ।

मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.