बाल अधिकार रक्षाका लागि सरकार प्रतिबद्धः मन्त्री साह
काठमाडौं- महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले देशका कर्णधार बालबालिकाहरुको हक र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बाल मानव अधिकार रक्षकहरुको राष्ट्रिय भेलाको समापन कार्यक्रममा मन्त्री शाहले बालबालिका माथि हुने दुर्ब्यवहार शोषण र बालबिवाह जस्ता कार्यको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
बाल अधिकारलाई सुनिश्चित गरी बालबालिकाहरुको वृद्धि विकास र क्षमता अभिवृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।
विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकामा हुने गम्भीर प्रकारको अपराधलाई रोक्न सरकारी तवरबाट नै प्रयास हुनुपर्ने बताउनुभयो । सातवटै प्रदेशबाट छानिएर आएका ३४ जना बालबालिकाहरुको सहभागिता रहेको भेला तीन दिनसम्म संचालन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्