सामाजीक सञ्जालको गलत प्रयोगलाई नियन्त्रण गर्न विधेयक ल्याउन लागिएको हो : संञ्चारमन्त्री

कास्की – सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजीक सञ्जालको गलत प्रयोगले धार्मिक, सास्कृतिक लगायत अन्य सदभाव भड्कीनसक्ने जोखिमलाई नियन्त्रण गर्न सरकारले सोसल मिडिया प्रयोग संञ्चालन र नियमन विधेयक ल्याउन लागेको बताउनुभएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रणको कार्यालयले पोखरामा आयोजना गरेको विद्युतीय हस्ताक्षर सम्बन्धी सचेतना कार्यक्रममा मन्त्री गुरुङले सोसल मिडियालाई कानुनी प्रणालीबाट व्यवस्थित गराइने बताउनुभयो । मन्त्री गुरुङले विद्युतीय हस्ताक्षरको प्रयोगले सेवा छिटो छरीतो हुनुका साथै सुरक्षीत र गोपनीयता समेत कायम गर्न सजिलो हुने भएकाले यसको प्रयोगले भष्टाचार नियन्त्रण गर्न मद्दत पुग्ने बताउनुभयो । विद्युतीय हस्ताक्षर सम्बन्धी सचेतना कार्यक्रम सातवटै प्रदेशमा लगीने र यसको प्रयोगले प्रदेश, स्थानीय र संघका कार्यालयसंगको समन्वयमा पनि यसले सघाउने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमाणीकरण नियन्त्रणको कार्यालयका तर्फबाट विद्युतीय हस्ताक्षर प्रयोगको फाईदा र प्रयोगबिधिका बारेमा जानकारी गराईएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.