मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक,नीतिगत व्यवस्थामा यथावत्

पुनः निर्माणले बैंक कर्जा बिस्तार र आर्थिक वृद्धिदर लक्ष्य हासिल हुने प्रक्षेपण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

केन्द्रिय बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामा कुनै पनि नीतिगत हेरफेर गरेको छैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।

मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई ६.५ प्रतिशतमै राखिएको छ । १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्यसहित राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएको भन्ने केन्द्रिय बैकले आफ्नो नीतिलाइ यथास्थितिमा राखेको छ ।

पहिलो त्रैमासमा पर्याप्त तरलता, बढ्दो विदेशी विनियम सञ्चिति, कर्जा प्रवाह, मुद्रास्फीतिको अवस्था हेरेर यसपटक नीतिगत हेरफेर नगरी पुरानै व्यवस्था कायम गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वृद्धिको लक्ष्य पूरा हुने केही आधार समेत केन्द्रीय बैंकले देखाएको छ । खाद्य वस्तुको मुद्रास्फीतिमा केही चाप पर्ने देखिए पनि गैरखाद्य वस्तुको मुद्रास्फीतिमा खासै चाप नरेहकोले मूल्यवृद्धिमा ठूलो दवाव नरहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको, रुस युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान कायमै रहेकाले उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत रहेको औंल्याएको हो ।

बाढी पहिरोपछि भौतिक पूर्वाधार निर्माणमा गरिने खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरु चलायमान बनाउन सहयोग पुग्ने र त्यसबाट लगानीका लागि बैंक कर्जाको माग समेत बढ्ने अनुमान राष्ट्र बैंकले गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.