बन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक बन :मन्त्री ठकुरी
कञ्चनपुर- बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले बन क्षेत्रको दिगो व्यवस्थापन अवयस्क रहेको बताउनु भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै मन्त्री ठकुरीले सो कुरा बताउनु भएको हो ।
राष्ट्रिय निकुञ्जभित्र रहेका सबै पैदावार र जीव जन्तु राष्ट्रका सम्पत्ति भएको र यी सम्पदाले विश्वमा चिनाउने गरेको भन्दै यसको संरक्षण संवर्द्धन र उपयोग मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँले बताउनु भएको छ ।
पछिल्लो समयमा देखिएको वन्यजन्तु र मानव बिचको द्वन्द्व समाधान गर्न मन्त्रालय लागि पर्ने भन्दै मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानमा पनि मन्त्रालयले ध्यान दिने बताउनु भएको छ ।
वर्तमान सरकार राजनीति स्थायित्वको लागि बनेको भन्दै मन्त्री ठकुरीले विकास निर्माणका कामहरूमा दत्त चित्त भएर लाग्ने बताउनु भएको छ ।
कानुनी बाधा हटाउँदै अवयस्क परे एन नियम संशोधन गरी अगाडि बढ्ने बताउँदै मन्त्री ठकुरीले कलुवापुर बेलौरी सडक छिट्टै कालोपत्रे हुने र निकुञ्ज बिस्थापितहरुको समस्या समाधान पनि छिट्टै समाधान हुने समेत बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्