शुरु हुन सकेन चुहानडाँडा हवाई मैदानको काम

पाँचथर- पूर्वी पहाडी जिल्लाको दुर्गम भेगमा बसोबास गर्ने नागरिकलाई सेवा सुबिधा पुर्‍याउने उदेश्यले शुरु गरिएको चुहानडाँडा हवाइ मैदान निर्माणको काम सुस्ताएको छ ।

पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाबासीका लागि छिटो आवतजावत गर्न तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-६ चुहान डाँडामा निर्माण हुन लागेको हवाइ मैदान निर्माण सुचारु नहुँदा  अब हवाई मैदान बन्दैन कि भन्ने चिन्तन स्थानीयमा पर्न थालेको छ ।

एक करोड रुपयाँ खर्च गरी हवाई मैदान निर्माणको डिटेल सर्बेको काम भइसकेको थियो । हवाई मैदान बन्न ८२ करोड रुपैँया लाग्ने  निर्माण समितिले जनाएको छ ।

गाउँघरमै हवाई मैदान बन्ला भन्ने आशामा स्थानीयबासीले ३ सय ५०रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए । तीन बर्षमा हवाइ मैदान बनाइसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला र गाउँपालिकासमेत रहेकोले पनि यो स्थानमा चाँडै हवाइ मैदान बन्ला भन्ने आशा लाग्नु स्थानीयका लागि अस्वभाविक थिएन ।

त्यसमा पनि पटक पटक पर्यटन मन्त्रीहरु आएर यहाँको स्थलगत भ्रमण गर्ने गरेका र हवाई मैदान बनाउने आश्वासन पनि दिएका थिए । त्यसैले स्थानीय बढी आशाबादी बने । तर उनीहरुको आशामा कतै तुषारापात हुने त होइन भन्ने आशंका उव्जिन थालेको छ ।

अहिलेसम्म कामले गति लिन नसक्दा बन्ने नबन्ने दुविधा सिर्जना भएको प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाको भनाइ छ ।

२९ बर्षपछि यहाँको हवई मैदानको वातावरणीय अध्ययन र जग्गा प्राप्तीको काम हुन थालेको थियो । यहाँ २०१७ सालमा नै हवाई मैदान बनाउने अभियान सुरु गरिएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.