धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका केवट विजयी
जनकपुरधाम- धनुषा जिल्लामा एकजना वडा अध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ६ सय ८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६ सय २, जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४ सय ९९, नेकपा एमालेबाट प्रमोद यादवले ३६४, राप्रपाले २७ रास्वपाले १० र जनमत पार्टीका उम्मेदवारले २५ मत पाएका छन् ।
धनुषाधाम नगरपालिका-१ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडामा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादव विजयी हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्