चीनका राष्ट्रपति सी चिनफिनद्वारा नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिनले यस्तो घोषणा गर्नु भएको हो । सि चिनपिङले ५०० मिलियन आरमबी अनुदान सहयोगको घोषणा गर्नु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ।

नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो।

मङ्गलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको हो। उहाँहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय समेटिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.