रास्वपाका सभापति लामिछानेसहित १४ जनालाई पर्सामा पनि पक्राउ पुर्जी जारी
सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको आरोप
काठमाडौँ – पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले हिजो रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ ।
पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । यसअघि कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर बयान लिईसकेको छ ।
यसैबीच हिजो रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । हिजो चितवन जिल्ला अदालतमा बयान जारी रहदा सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।
झडपमा परेर आठ प्रहरी घाइते भएका तिए भने १६ जना प्रदर्शनकारी घाईते भएका छन् ।
हिजो राती नै लामिछानेलाई चितवनबाट पोखरा लगिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्