संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि फ्रान्सका प्रधानमन्त्री पदमुक्त

फ्रान्सका प्रधानमन्त्री मिशेल बार्निये पदमुक्त हुनुभए पछिको राजनीतिक संकटलाई सम्बोधन गर्न राष्ट्रपति इम्यानुयल म्याक्रोले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
फ्रान्समा सन् १९६२ पछि पहिलो पटक अविश्वास प्रस्तावबाट सरकार ढलेको हो ।
अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बार्निये पदमुक्त हुनुभएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले नियुक्त गरेको तीन महिनापछि सांसदहरूले उहाँविरुद्धको प्रस्तावको समर्थनमा भारी मत दिएको बीबीसीले जानएको छ ।
दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
उक्त अविश्वास प्रस्ताव पारित हुन २८८ मत आवश्यक थियो । तर प्रस्तावको समर्थनमा ३३१ जनाले मतदान गरेको बीबीसीले जनाएको छ । पछिल्लो समय फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तनाव बढेको थियो ।
प्रधानमन्त्री बार्नियेले संसदमा मतदान नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।।






प्रतिक्रिया राख्नुहोस्