नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ-  खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानी पोखरीमा रहेको खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित वितरण सुनिश्चित गर्नमा सहयोग पुर्‍याउन अनुगमन, नियन्त्रण र तथ्याङ्क प्राप्ति करण प्रणाली (स्काडा कन्ट्रोल कक्ष) को अनुगमन तथा निरीक्षणका मन्त्री यादवले सो निर्देशन दिनु भएको हो ।

अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री यादवले भन्नुभयो, “काठमाडौँ उपत्यकामा खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित रूपमा नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नुहोला । सबै नागरिकले शुद्ध अनि सफा पानी खान पाउन ।”
सोही क्रममा मन्त्री यादवले स्काडाको काठमाडौँ स्थित पानी पोखरी नियन्त्रण कक्षबाट स्वचालित रूपमा खानेपानीको वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कार्यमा बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा स्वचालित रूपमा पानी वितरण गरिने र बन्द गरिने प्रणालीसँग सम्बन्धित रहेका सबै कामहरू चाँडो सम्पन्न गर्नुस् । नागरिकले स्वच्छ र शुद्ध पानी समयमै प्रयोग गर्न पाएको आभास गर्न सकुन् ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धीका सबैकामहरु समयमै सम्पन्न गर्न/गराउन समेत मन्त्री यादवले निर्देशन दिनुभयो । “समयमै नागरिकले शुद्ध पानी खान पाउन, पानीसँग सम्बन्धित रहेका सबै कामहरू तत्काल सम्पन्न गराउनु होला ।” मन्त्री यादवले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.