सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष विष्टद्वारा पदभार ग्रहण
सार्वजनिक सेवा प्रसारण संस्थाको सचिवालय नेपाल टेलिभिजन सिंहदरवारमा रहने
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)को नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आज पदभार ग्रहण गर्नुभएको छ ।
नवनियुक्त अध्यक्ष डा विष्टले आज सार्वजनिक प्रसारण संस्था, नेपाल टेलिभिजन पुगेर पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहणसँगै उहाँले सार्वजनिक प्रसारण सेवाको सचिवालय हालका लागि नेपाल टेलिभिजन सिंहदरवारमा रहने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो ।
पदभार ग्रहणपछि उहाँले संचार- प्रविधिको शैलीमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै सार्वजनिक प्रसारण संस्थाको रुपमा नेपाल टेलिभिजन र रेडियो नेपालले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले डा विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
डा विष्ट यसअघि पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट संचालन गर्ने गरी केही महिना अघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो ।
प्रतिक्रिया राख्नुहोस्