प्रसिद्ध दुप्चेश्वर मेलामा भक्तजनले चढाएको भेटी गणना

नुवाकोट- पशुपतिनाथको पर्यायको रुपमा पुजिदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरुले चढाएको भेटी गणना पूरा गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी संकलन गरि गणना सम्पन्न सकिएको हो ।

धान्यपुर्णिमाको अवसरमा यस वर्षको मेलामा आठ लाख ६४ हजार दुई सय १२ रुपैयाँ भेटी संकलन भएको छ । यस वर्ष धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

दुप्चेश्वर क्षेत्र विकास कोषले दान तथा भेटीको गणना गरी सार्वजनिक गरे अनुसार उक्त भेटि मनिदरवपाट संकलन गरि समुन्द्रटार प्रहरीचौकीमा लगेर गणना गरिएको हो ।

सो भेटी गत वर्षको भन्दा तीनलाख ७० हजार तीनसय ४७ रुपैया धेरै हो । गत वर्ष सोही मेलामा दुप्चेश्वरको भेटी ४ लाख ९३ हजार ८ सय ६५ रुपैयाँ मात्र सङ्कलन भएको थियो ।

यस वर्ष दुप्चेश्वर मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा १५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ । दुप्चेश्वर मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो । दुप्चेश्वरमा प्रत्येक शिवरात्री, धान्यपुर्णिमालगायतका अवसरमा विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.