रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिदै

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीसंगै अन्य ५ जनाविरुद्ध पनि मुद्दा दर्ता गरिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागिएको हो । अन्य ५ जनाविरुद्ध पनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोही मुद्दामा अभियोग दर्ता गराउन लागेको छ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.