नागढुंगा-मुग्लिन सडक स्तरोन्नति: मध्यदिनमा सवारी रोकेर काम सुरु (फोटो फिचर)

धादिङ- नागढुंगा-मुग्लिन सडक दैनिक तीन घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु गरिएको छ । काममा भएको ढिलासुस्तीले सो सडक बेहाल अवस्थामा छ । पछिल्लो पटक थपिएको अवधी सकिन पचास दिन मात्रै बाँकी रहँदा नागढुङ्गा-नौविसे सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै छ ।

यसैगरी नौविसे-मलेखु सडक खण्डको निर्माण अवधी ६ महिना मात्रै बाँकी हुँदा भौतिक प्रगती जम्मा २५ प्रतिशत छ । मलेखुदेखि मुग्लीनसम्म पर्ने तेस्रो खण्ड निर्माणको काम त झन् १८ प्रतिशत मात्रै सकिएको छ ।

स्तरोन्नतिको क्रममा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको निर्माणको कामले गति लिन नसक्दा सो राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनहरुले निकै सास्ति खेप्नु परेको छ ।

सडकमा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । संघीय राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्य राजमार्गको दुरावस्थाका कारण कष्टप्रद र जोखीमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै यात्रु तथा सवारी चालकहरुले काम छिटो सक्न माग गरेका छन् ।

नागढुङ्गादेखी नौविसेसम्मको सडक निर्माण सुरु गरेको तीन वर्ष पुग्न लाग्दा सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै भएको छ । तोकिएको समयावधी अनुसार २०८१ जेठ महिनासम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो ।

समयमा काम नसकिएपछि आठ महिना थप गरेको समय पनि जम्मा पचास दिन मात्रै बाँकी छ । यो समय अवधीमा पनि सो खण्डको काम सकिने कुनै छाँट छैन । यसैगरी नौविसेदेखी मलेखुसम्मको सडक निर्माण २०७९ सालदेखि सुरु भएको हो ।

सो खण्डको निर्माण अवधी अव ६ महिना मात्रै बाँकी छ भौतिक प्रगती जम्मा २५ प्रतिशत मात्रै छ । यही गतिमा काम हुने हो भने अझै चार वर्ष भन्दा धेरै समय लाग्ने छ ।

मलेखुदेखी मुग्लिनसम्म पर्ने तेस्रो खण्ड निर्माणको लागि तोकिएको समय अब करिब एक वर्ष मात्रै बाँकी छ । निर्माणको काम जम्मा १८ प्रतिशत मात्रै सकिएको छ ।

नागढुङा-मुग्लिन सडक निर्माण आयोजनका प्रमुख केशव ओझा भने सडक क्षेत्रमा पर्ने विद्युत पोल सार्ने काममा भएको ढिलाइ, वन क्षेत्रका रुख कटान र केही घरहरुको क्षतिपुर्ति दिन भएको विलम्वका कारण यस्तो अवस्था आएको बताउनु हुन्छ ।

काठमाण्डौको नागढुङ्गादेखी चितवनको मुग्लिनसम्मको ९४ किलोमिटर सडक स्तरोन्नती सहित निर्माणको नाममा जथाभावी खनेर त्यतिकै छाडिएको छ । कामदारहरु पनि फाटफुट्ट मात्रै देखिन्छन् ।

आइतबारदेखी दैनिक तीन घण्टा सवारी ठप्प बनाई एक सातासम्म गल्छी गाउँपालिकामा पर्ने पोख्रो खोला र बेनीघाट रोराङ्ग गाउँपालिका क्षेत्रमा पहाड काट्नका लागी सवारी बन्द गरिएको छ ।

एसियाली विकास बैकको करिव ४२ अर्ब रुपैयाँको ऋण लगानीमा निर्माण सुरु गरिएको सो सडक डेलिकेटेड दुई लेन, बजार क्षेत्रहरुमा चार र ६ लेनको बन्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.