लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ गते बोलाउन सिफारिस

दाङ– लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा  सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

गत भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो । साढे तीन महिनापछि पाँचौँ अधिवेशनको बैठक बस्न लागेको हो । यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.